• Thursday 22nd of October 2026

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं— नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ। किरणको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा सेवा गरेकी थिइन्।

२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गरेकी थिइन्। उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन्।
किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖