• Thursday 22nd of October 2026

रास्वपा सचिवालयको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक शुक्रबार बस्दैछ।
पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बैठक बस्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार आज बस्ने सचिवालय बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा हुनेछ।

इलाम—२ को उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो।
उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वा २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए।

रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए।

त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बुर्लाकोटीले बताए।

संसद्को बर्खे अधिवेशन आगामी वैशाख २८ गते आह्वान भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गते बस्ने गरी आह्वान गरेका हुन्।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा पार्टी सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्ना देखिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो। उसले संसद् अवरोधसमेत गरेको थियो।

संसद्को आउँदो अधिवेशनमा पनि कांग्रेसले यही माग राख्न तयारी गरेको छ।
रास्वपाको बैठकमा यसबारे पनि छलफल हुनेछ।

यसका अतिरिक्त रास्वपाले केन्द्रीय समिति बैठकको तयारी गरेको छ। त्यसको कार्यसूचीबारे पनि यस बैठकमा छलफल हुने बुर्लाकोटीले बताए।
संसद्को बर्खे अधिवेशनलाई प्रभावकारी बनाउन रास्वापले आगामी वैशाख २६ गते संसदीय दलको बैठक पनि बोलाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖