• Monday 5th of October 2026

माओवादी नेताहरू कि लोभी भए, कि माओवादीविरुद्ध षडयन्त्र भइरहेको छ :रामनारायण बिडारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले आफूले सुन तस्करीको मुद्दामा बहस गर्न नमानेको बताएका छन् । सुन तस्करीमा संलग्न व्यक्तिलाई माओवादी नेताहरुको संरक्षण छ भने त्यो कारबाहीको विषय हुने उनले औंल्याए ।

‘सुनतस्करीमा माओवादी नेताहरुको संरक्षण छ वा छैन ? त्यो अनुसन्धान अधिकारीहरुले ठहर गर्ने कुरा हो । भीमकान्त भण्डारीले कुन माओवादी नेताले कहाँ र कसरी संरक्षण गरे पनि भन्न सक्नुपर् यो । वर्षमान पुन, ओनसरी घर्ती वा रमेश मल्ल वा कसैको सल्लाहमा काम गरेको भनेका छन् भने उहाँहरुसँग पनि सोधपुछ गर्नुपर् यो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग बिडारीले भने ।

सुनतस्करीमा माओवादी नेताहरु लोभी भएकाले वा माओवादीविरुद्धको षडयन्त्रस्वरुप पोलिएको उनले बताए । आफूलाई माओवादी नेताको संरक्षण छ भन्ने भीमकान्त भण्डारीलाई धेरै कोणबाट अनुसन्धान गरिनुपर्नेमा उनको जोड छ । संक्रमणकालीन न्यायका बारेमा एमालेले नमाने अप्ठ्यारो पर्ने पनि बिडारीले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖