काठमाडौं । भारतका प्रधानन्यायाधीस धनञ्जय चन्द्रचूड आज काठमाडौ ओर्लिने पक्का भएको छ।
यताका प्रधानन्यायाधी विश्वम्भरप्रसाद श्रेष्ठले डाकेपछि उताका प्रधानन्यायाधीश किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुन काठमाडौ आउने भएका हुन् ।
भारतका प्रधानन्यायाधीश चन्द्रचूड आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम छ। वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराई उनलाई लिन पुग्नेछन् ।
किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी शनिबार काठमाडौंमा हुनेछ । भारतका प्रधानन्यायाधीश त्यही कार्यकममा सामेल हुँदैछन् ।
