• Thursday 22nd of October 2026

१२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी पक्राउ


  • धनकुटा खबर
  • .

वीरगञ्ज- कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बारा, देवताल गाउँपालिका बस्ने १७ वर्षीया एक किशोरी र सोही गाउँपालिका-५ बस्ने ३० वर्षकी किरण साह रहेकी छन्।

रामराजा बहुमुखी क्याम्पस कलैया केन्द्र ‘ख’मा संचालित कक्षा १२ को परीक्षामा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परीक्षार्थी बनी लेखा विषयको परीक्षा दिएको भन्ने आशंकाको आधारमा खटिएका कर्मचारीहरू र प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको न्यौपानेले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖