काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (मौसमको एउटा प्रणाली) भित्रिने अनुमान गरिएको छ ।
शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
धेरै दिनदेखि पानी पर्न नपर्दा देशभर गर्मी बढिरहेको छ । देशका विभिन्न स्थानमा आगलागी भइरहेको छ । वर्षाले आगो निभाउन मद्धत गर्ने मौसमविद्को भनाई छ ।
