• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टी २० विश्वकपका लागि वेस्ट इन्डिजको टीम घोषणा, नेपालमा खेलिरहेका ३ खेलाडी समेटिए


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका र घरेलु मैदानमा हुने टी–२० विश्वकपका लागि वेष्ट इन्डिजले टोलीको घोषणा गरेको छ । वेष्ट इन्डिजले आगामी महिना हुने टी–२० विश्वकपका लागि रोभम्यान पावेलको कप्तानीमा शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेष्ट इन्डिज ’ए’ बाट नेपालसंगको सिरिज खेलिरहेका ३ जनाले विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन् । वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल–राउन्डर गुडकेश मोती टोलीमा स्थान बनाएका हुन् ।

वेस्ट इन्डिज टोलीः रोभम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाइ होप, अकेल होसेन, शामर जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफान रदरफोर्ड, रोमेरियो शेफर्ड ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖