• Thursday 22nd of October 2026

किन आज सर्लाही जाँदैछन् प्रधानमन्त्री प्रचण्ड ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा जाँदैछन् ।

उनी बलरा नगरपालिका–८, गडहीया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन त्यहाँ जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड मध्यान्ह हेलिकप्टरमार्फत गडहीया पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

विद्यालयको १२ कोठे नवनिर्मित भवन आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री प्रचण्ड गहडीया पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

गहहीया माविको नव निर्मित भवन उद्घाटन पश्चात् प्रधानमन्त्री प्रचण्डले सोही विद्यालयको प्राङ्गणमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖