• Thursday 22nd of October 2026

इलामका जनताले हाम्रो घन्टी बजाइदिए : रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा जनताले घण्टी बजाइदिएको निष्कर्ष निकालेको छ ।

पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले यस्तो निर्णय भएको जनाएको छ ।

इलामको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू पराजित भएका थिए ।

यस्तो छ रास्वपाका निर्णयहरुः

१) इलामका जनताले घण्टी नबजाइ पार्टीलाई साङ्केतिक घण्टी बजाइदिएका छन् ।

२) पार्टी स्थापनाको दिनदेखि आजको दिनसम्म के कति सहि गर्यौँ, के कति गलत गर्यौँ, पार्टीमा गर्न पर्ने सुधारहरू के के हुन सक्छन्, आगामी कार्यदिशा के हुने लगायत एकपटक पार्टीलाई सम्पूर्णरूपमा रिभ्यु गर्ने निर्णय गरियो । यसका लागी पार्टी महामन्त्रीलाई असार १ मा प्रतिवेदन तयार पारी पार्टी सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिइयो । पार्टी महामन्त्रीले पार्टीका केन्द्रीय समितिदेखी साधरण सदस्यसम्म, शुभेच्छुक, विज्ञ सबैसँग छलफल गरि प्रतिवेदन तयार पार्ने । जेठको दोश्रो साता महामन्त्री यसैका लागी देश दौडाहामा निस्कने । पार्टी सचिवालयमा प्रतिवेदन उपर छलफल र निर्णयपछी केन्द्रीय समितिमा पेश गरिनेछ ।

३) वैशाख २९ का लागि तोकिएको केन्द्रीय समितिको बैठक सो प्रतिवेदन तयार भएपछि गर्ने गरि सारिएको छ ।

४) मन्त्रालय लगायत पार्टी सञ्चालनका लागी थप टिमहरू बनाउने, बनेका टीमहरू रिफर्म गर्ने र टिममा सहभागीताको एटेण्डेन्स हेरि कार्यसम्पादन मुल्याङ्कन गरिने । टिमहरू बनाउन पार्टी महामन्त्रीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖