• Thursday 22nd of October 2026

सडकबाट गाडी खाल्डोमा खस्दा ५ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ : भारतीय राज्य उत्तरखण्डको मसुरी–देहरादुन सडकखण्डको चुनाखालनजिक शनिबार बिहान गाडी सडकबाट खस्दा ५ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ६ जना सवार गाडी शनिबार बिहान करिब ५ बजे अनियन्त्रित भई गहिरो खाल्डोमा खसेको हो। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको नगर कोतवाल अरविन्द चौधरीले जानकारी दिए। घाइते ३ जनालाई खाल्डोबाट निकालेर अस्पताल लगिएको थियो, जसमध्ये थप दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा चार युवक र एक युवती छन्। एक बालिका गम्भीर घाइते भएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖