• Thursday 22nd of October 2026

यो साता घट्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारसम्मको तुलनामा यो साता मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ थियो यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ छ ।

सुनको मूल्यमा गिरावट आएको साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १६ सय ७५ रुपैयाँ रुपैयाँ थियो । यो साता प्रतितोला ३० रुपैयाँ घटेसँगै १६सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖