• Monday 5th of October 2026

एसिया कपबाट बाहिरिए पाकिस्तानी बलर नशीम शाह


  • धनकुटा खबर
  • .

पाकिस्तानका तीव्र गतिका बलर नशीम शाहले एसिया कप २०२३ अन्तर्गतका बाँकी खेल गुमाउने भएका छ्न्।

सुपर फोरको खेलमा भारतविरुद्धको खेलको अन्त्यतिर बलिङ गर्दा चोट लागेका शाहलाई टोलीबाट फिर्ता गरिएको हो भने उनको स्थानमा जमान खानलाई समावेश गरिएको छ।

पाकिस्तान क्रिकेट बोर्डले ‍एक महिनाभन्दा कम समयमै सुरु हुने ओडीआई विश्वकपलाई ध्यानमा राख्दै नसीमलाई ‘सबै आवश्यक सावधानी अपनाउँदै टोलीको मेडिकल प्यानलले निगरानी गरिरहेको’ बताएको छ।
जमान पाकिस्तानी टोलीसँग जोडिइसकेका छन् र प्रशिक्षण सुरु गरिसकेका छन्।

अहिलेको अवस्थामा पाकिस्तानले नशीमको चोटले विश्वकपका लागि उनको उपलब्धतालाई असर नगर्ने विश्वास गरेको छ।

यता भारतविरुद्धको खेलको रिजर्भ डेमा बलिङ नगरेका अर्का बलर हरिस रउफ फिट हुने चरणमा रहेको पाकिस्तान क्रिकेट बोर्ड जनाएको छ। ‍‍

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖