• Monday 5th of October 2026

विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । अफगानिस्तानले अर्को महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । दुई वर्षको अन्तरालपछि फास्ट बलर नवीन उल हक अफगानिस्तानको एकदिवसीय टोलीमा फर्किएका छन् ।

एसिया कपमा राम्रो प्रदर्शन गरे पनि अलराउन्डर गुलबदिन नाइबले स्थान पाउन सकेनन् । यसबाहेक करिम जनात, शराफुद्दीन अशरफ र सीमान सैफीले पनि टोलीमा स्थान बनाउन सकेनन्।

यो टोलीको नेतृत्व हसमतुल्लाह साहिदीले गर्नेछन् । एसिया कपमा सहभागी टिममा चार परिवर्तन गरिएको छ ।

अफगानिस्तानको टोलीमा हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जाद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नबी, इकराम अलीखिल, अजमातुल्लाह उमरजाई, राशिद खान, मुजीब उर रहमान, नूर अहमद, फजलहक फारुकी, अब्दुल रहमान र नवीन उल हक छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖