• Friday 23rd of October 2026

लामिछाले विश्वकप खेल्ने झिनो आशा समाप्त


  • धनकुटा खबर
  • .

काठमाडौं : आजबाट सन्दीप लामिछाले विश्वकप खेल्ने झिनो आशा समाप्त भएको छ। अघिल्लो साता विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिसकेको नेपाल क्रिकेट संघ (क्यान)ले १५ जनाको नाम घोषणा गरे पनि वैकल्पिक तर्फका खेलाडी घोषणा गरेको थिएन ।

आजको मुद्दामा सन्दीपको पक्षमा फैसला आएको खण्डमा टी २० विश्वकपमा वैकल्पिक तर्फबाट सहभागी हुन पाउने झिनो सम्भावना आजको पेशी हेर्न नमिल्नेमा परेसँगै अन्त्य भएको छ ।

जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । गौशाला २६ माथि बलात्कारको अभियोगमा लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएको थियो ।

अघिल्लो पेशीमै उच्च अदालत पाटनले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्न आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । पहिलो नम्बरमा पेशी पर्नका बाबजुद मुद्दा हेर्न नमिल्नेमा परेपछि पहिलोपटक टी २० विश्वकप खेल्ने सन्दीपको झिनो सम्भावनाको अन्त्य भएको छ ।

यसअघि उच्च अदालतमा पहिलो सुनुवाइमा मुख्य न्यायाधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए । आगामी महिना अमेरिका र वेष्ट इण्डिजले संयुक्त रूपमा आयोजना गर्न लागेको टी २० विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका केही खेलाडी शनिबार र कप्तान रोहित पौडेलसहित बाँकी खेलाडी आज वेष्ट इण्डिजतर्फ प्रस्थान गरिसकेका छन् ।

एक दशकपछि टी २० विश्वकपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय टिममा सन्दीपको अनुपस्थितिले कस्तो असर पर्ला ? त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖