• Friday 23rd of October 2026

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो।

नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए। १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिका भ्रमणमा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖