• Friday 23rd of October 2026

उपेन्द्रले समर्थन फिर्ता लिन खोजे, सरकारलाई साथ दिन्छौं :राजेन्द्र श्रेष्ठ


  • धनकुटा खबर
  • .

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गर्न अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको पक्षमा उभिने बताएका छन् ।

उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको उनले बताए । ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे, त्यसले अस्थिरता ल्याउने भयो । त्यसैले यो कदम चाल्नु परेको हो’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन रहने उनले बताए । ‘मन्त्री नै यहाँ आउनुभएको छ । सरकारलाई समर्थन रहन्छ’, श्रेष्ठले भने ।

सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् भने नवलकिशोर साह वन तथा वातावरण मन्त्री छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖