• Friday 23rd of October 2026

जसपा विभाजनको तरंग मधेस सरकारमा, मुख्यमन्त्रीले बोलाए संसदीय दलको ‘आकस्मिक’ बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं— केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेस प्रदेश सरकारमा पनि तरंग सिर्जना भएको छ। विकसित नयाँ परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाएका छन्।

नेता मनिषकुमार सुमनले बैठकमा केन्द्रमा विकसित राजनीतिक घटना क्रमको विषयमा छलफल हुने जानकारी दिए। केन्द्रमा जसपा विभाजन भए पनि मधेसमा त्यसको असर नपर्ने दाबी उनको छ।

यस्तो बन्यो नयाँ जसपा

‘मधेसमा पार्टी एकढिक्का छ। यहाँ विभाजनको कुनै गुन्जायस छैन,’ उनले भने, ‘तीन साताअघि मात्रै मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनु भएको छ। मधेसमा यही सरकार निरन्तर रहन्छ।’

जसपा नेता यादव एमाले, माओवादी केन्द्रसहितका दलको समर्थनमा मधेस सरकारमा मुख्यमन्त्रीमा कायम छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेस सभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस, जनमत पार्टी र लोसपा यादवको विपक्षमा छन्।

मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक प्रदेश सांसद छन्।

उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौंः मन्त्री साह

हालको सत्ता गठबन्धनका आधारमा मुख्यमन्त्री यादवले वैशाख ४ गते विश्वासको मत लिँदा ६१ सांसदको समर्थन पाएका थिए। एमाले २४, जसपाका १९, माओवादी केन्द्रका नौ, नेकपा एकीकृत समाजवादीका सात सांसदको समर्थन उनले पाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖