• Friday 23rd of October 2026

कतार एयरको जहाजमा धुवाँ देखियो, निरीक्षण गर्दै प्राविधिक


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विमानस्थलमा कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । पार्किङमा रहेको कतारएयरको जहाजको पछिल्लो भागमा केहीबेरअघि एक्कासी धुवाँ उठेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज परीक्षणका लागि अहिले प्राविधिक टोली खटाइएको छ ।

‘धुवाँमात्र देखिएको हो कि अन्य के समस्या भएको प्राविधिकहरूले निरीक्षण गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ’, झाले नेपाल प्रेससँग भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖