• Friday 23rd of October 2026

जसपाबाट विभाजित अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो वैधानिकता


  • धनकुटा खबर
  • .

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित अशोक राई नेतृत्वको नयाँ पार्टीले वैधानिकता पाउने भएको छ ।

राईसहित प्रतिनिधि सभाका ७ सांसदले नयाँ पार्टी दर्ताका लागि आइतबार आयोगसमक्ष निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधान पालना गर्ने सर्तमा उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको पाण्डेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖