• Monday 19th of October 2026

आगामी तीन दिन यी स्थानमा पानी पर्ने सम्भावना


  • धनकुटा खबर
  • .

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। पछिल्लो प्रणालीअनुसार आगामी तीन दिन देशका विभिन्न भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज रातिदेशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
देशको पहाडी भूू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖