• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

क्रिस्टल प्यालेससँग युनाइटेडको लज्जास्पद हार


  • धनकुटा खबर
  • .

एजेन्सी । प्रिमियर लिगमा ओलिसको दुई गोल प्रेरित क्रिस्टल प्यालेसले म्यानचेष्टर युनाइटेडलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान सेहर्स्ट पार्कमा भएको खेलमा प्यालेसका लागि ओलिसले १२औं र ६६औं मिनेटमा गोल गरे ।

यस्तै जिन फिलिप माटेटाले ४०औं र टाइरिक मिचेलले ५८औं मिनेटमा गोल गरे ।

प्यालेस पहिलो पटक लिगमा एकै सिजन युनाइटेडलाई दुवै पटक हराएको हो ।

प्यालेससँग लज्जास्पद हारपछि युनाइटेड ३५ खेलबाट ५४ अंकसहित आठौं स्थानमै छ । प्यालेस ३६ खेलबाट ४३ अंकसहित १४औं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖