• Friday 23rd of October 2026

नवगठित जसपा पक्षधर जनप्रतिनिधिलाई निर्वाचन आयोगले सनाखतका लागि बोलायो


  • धनकुटा खबर
  • .

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ ।

आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।

आयोगले जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखत गर्न भनेको हो। आयोगसमक्ष उपस्थित भएर उनीहरुले आफु जसपा नेपाल वा जसपामा रहेको स्पष्ट गर्नुपर्ने भएको छ।

जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन गरेका छन् । आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो ।

राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन्।आयोगका अनुसार जसपा नेपालबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन्। जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । त्यस्तै प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन्।

यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖