• Friday 23rd of October 2026

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सहमत हुने रास्वपाको निष्कर्स


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने बताएको छ।

मंगलवार बसेको पार्टीको संसदीय दलको बैठकले सबै राजनीतिक दलहरुले स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने निस्कर्षमा पुगेको पार्टी सह प्रवक्ता मनिष झाले बताए।

बैठकमा आगामी बजेट अधिवेशनमा बजेटबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको भन्दै उनले आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको जानकारी दिए।

उनले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमँ छलफल भएको बताए।

सह प्रवक्ता झाले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको बताए। उनले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताए।

उनले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रस्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि भन्दै बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको जानकारी दिए।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖