• Friday 23rd of October 2026

बालुवाटार पुगेर प्रचण्डसँग पड्किए उपेन्द्र यादव


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ बैशाख । आफू अमेरिका भ्रमणमा रहेकै बेलामा पार्टी विभाजन व्यहोरेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले आफ्नो पार्टी विभाजनपछिको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।

बालुवाटारमा भएको भेटवार्तामा यादवले आफ्नो पार्टी विभाजनको लागि प्रधानमन्त्री दाहालको भूमिका रहेको भन्दै असन्तुष्टि पोखेको बुझिएको छ । उनले आजै पार्टीको संसदीय दलको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय लिनेपनि प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । यादव विदेशमा रहेको बेला अशोक राईको नेतृत्वमा ७ जना सांसदले विद्रोह गरेका छन् ।

उनीहरुले राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले फास्ट ट्रयाकमा दल दर्ताको मान्यता दिएको र संघीय संसद् सचिवालयले पनि हिजै आयोगको पत्रानुसार सचिवालयमा सो दल दर्ता भएको जानकारी गराएको छ । यादवले आफ्नो पार्टी विभाजन गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो हात रहेको र त्यसमा दाहालले पनि सघाएको निश्कर्ष निकालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖