• Wednesday 7th of October 2026

बोटबिरुवालाई काट्दा उनीहरू पनि पीडामा रूने कराउने वैज्ञानिक अध्ययनको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं । शाकाहारीहरूले प्रायः ‘कसैले प्राणीको मासु कसरी खान सक्छ ? जनावरको पीडा र चिच्याहट सुनेर तिम्रो मन दुख्दैन ?’ भन्ने गर्छन् । तर हालै गरिएको एक अध्ययनमा भएको खुलासाअनुसार बोटबिरूवा पनि उनीहरूलाई काट्दा पीडामा रूने कराउने गर्छन् ।

एउटा नयाँ अध्ययनका अनुसार जब बिरुवालाई काटिन्छ, तब तिनीहरूले ‘चिच्याएको’ जस्तो आवाज निकाल्छन्। अनुसन्धानले पत्ता लगाएअनुसार तिनीहरूले आवाज निकाल्छन् तर त्यो आवाज वैज्ञानिक उपकरणहरू प्रयोग गरेर मात्र मानिसले सुन्न सक्छन् । २०२३ मा सेलमा प्रकाशित अनुसन्धानले देखाएअनुसार बिरुवाहरूले तीव्र संकटको समयमा यी आवाजहरू उत्पन्न गर्छन्।

“वास्तवमा हामीले सुन्न नसक्ने आवाजहरू छन्, जसमा जानकारी समावेश छ,” तेल अवीव विश्वविद्यालयका विकासवादी जीवविज्ञानी लिलाच हेइदानीले भने। धेरै जनावरहरू छन् जसले यी आवाजहरू सुन्न सक्छन्, त्यसैले शान्त ठाउँमा पनि धेरै ध्वनिक संचार भइरहेको हुन्छ।

बिरुवाहरू सधैं कीराहरू र अन्य जनावरहरूसँग अन्तरक्रिया गर्छन् । यीमध्ये धेरै प्राणीहरूले आवाजहरू निकाल्छन् । त्यसैले बिरूवाहरूले आवाज निकाल्दैनन् भन्ने कुरा असम्भव देखिन्छ । अध्ययन परिणामहरूले देखाएअनुसार बिरुवाहरूले चिच्याएजस्तो आवाजहरू निकाल्छन्। यदि कुनै समस्या छैन भने, बिरुवाहरूले कुनै आवाज गर्दैनन् । डिस्ट्रेस प्लान्ट अर्थात ती बिरुवाहरूमा मात्र यो विशेष अध्ययन गरिएको हो जसको डाँठ काटिएको थियो वा जसलाई पानी दिइएको थिएन।

हेइदानीले भने- ‘यद्यपि यो आवाज बिरुवाले कसरी उत्पादन गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । बिरुवाहरूले निकालेको आवाज कसले सुन्छ भन्ने अर्को प्रशन हो । हामी हाल यी ध्वनिहरूप्रति अन्य जीवहरू, जनावरहरू र बोटबिरुवाहरूको प्रतिक्रियाहरूको अनुसन्धान गरिरहेका छौं। हामी पूर्ण प्राकृतिक वातावरणमा आवाजहरू पहिचान र व्याख्या गर्ने हाम्रो क्षमता पनि पत्ता लगाउँदैछौं।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖