• Friday 23rd of October 2026

जीवी राई पक्राउ गर्न गरिसकेको छु : गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइसकेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले राईलाई पक्राउ गर्नेबारे आफूले मलेसियाका गृहमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन्।

रास्वपा सभापति समेत रहेका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भएपनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको जानकारी दिए।

लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका राई नेपालबाट भाग्ने वातावरण कसरी बन्यो यसबारे समेत आफूले नजिकबाट हेरिरहेको बताए। राईमाथि अनुसन्धान जारी रहेको र अहिले सबै कुरा भन्न नमिल्ने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖