• Friday 23rd of October 2026

नक्कली लाइसेन्स प्रकरणमा थप ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिचौलियाहरूसँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ ।

यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले बताए ।

पक्राउ पर्नेमा यातायात व्यवस्था विभागको प्रिन्ट शाखामा कार्यरत बिर्जु कुमार चौधरी, आईटी शाखाका पूर्वकर्मचारी बसन्त पाण्डे, लजारस सुनार र मिलन बास्तोला छन् ।

यातायात व्यवस्था विभागबाट वितरण भएको १ लाख २ हजार नक्कली लाइसेन्सबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले सुरज प्रकाश अर्याल, हरिश भट्ट र नारायण प्रसाद पाण्डेलाई पक्राउ गरेका थियो । लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖