• Monday 5th of October 2026

पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५ ओभरमा झारियाे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसिया कप क्रिकेटकाे सुपर फाेरमा पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५–४५ ओभरकाे हुने भएकाे छ ।

वर्षाका कारण ५० ओभरकाे खेललाई ४५ ओभरमा झारिएकाे हाे । जसअनुसार टस सवा ५ बजे हुनेछ भने साढे ५ बजेपछि खेल शुरु हुनेछ । ४५ ओभरकाे खेलमा पहिलाे पावरप्ले ९ ओभरकाे, दाेस्राे पावरप्ले २७ ओभरकाे र तेस्राे पावरप्ले ९ ओभरकाे हुनेछ ।

याे खेलकाे विजेताले फाइनलमा स्थान बनाउनेछ । भारत यसअघि नै फाइनलमा पुगिसकेकाे छ । फाइनल खेल आइतवार काेलम्बाेमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖