• Monday 19th of October 2026

चोरी गरेपछि पक्राउ परे थापा


  • धनकुटा खबर
  • .

काठमाडौँ । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एकनजालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका–१२ घर भएका ४० वर्षीय विनोद थापा मगर छन् ।

उनलाई चोरेको ल्यापटप, आइप्याड र मोबाइल सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताए ।

चैत ३ मा उनले कागेश्वरी मनोहरा–७ स्थित रूपक बस्नेतको घरमा र वैशाख २४ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित सृष्टि लामाको घरमा चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖