• Friday 23rd of October 2026

कैलास सिरोहियाको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालतले मिडिया उद्यमी कैलास सिरोहियाको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

अदालतले निवेदकको माग बमोजिम आदेश दिनु नपर्ने भए १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न मन्त्रालयलाई आदेश दिएको छ ।

यस्तै अन्तरिम आदेशबारे छलफल प्रयोजनका लागि वैशाख २८ गते पेशी तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖