• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गौशाला २६ सँग मेरो जुनसुकै सम्बन्ध प्रमाणित गर्नुस्, ८ वर्षले पुग्दैन, मलाई फासीमा चढाइयोस् : सन्दीप लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन्। उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फासी नै सही हुने बताएका छन्।

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोखेका छन्। ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन,’ उनले भनेका छन्।

उनले आफू यस घटनाको निर्दोष पात्र रहेको उनले स्पष्ट पारेका छन्। उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताए। ‘यो घटनाको निर्दोष पात्र हुँ।

मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला,’ उनले भने। उनले आफू त फसे, बोलेकै भरमा अरु कोही नफसोस भन्दै अनुरोधसमेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖