• Monday 19th of October 2026

सुधारगृहको एकतले भवनबाट हाम फाल्दा युवकको मृत्यु


  • धनकुटा खबर
  • .

कैलालीस्थित एक सुधारगृह रहेका एकजना युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ भालुफाटास्थित नयाँ बाटो पुर्नस्थापना केन्द्र (सुधारगृह) मा रहेका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो।

सुधारगृह केन्द्रमा बस्दै आएका शाहीले एकतले भवनको छतबाट बुधवार राति ३ः३० बजेतिर हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराले बताए।

उनका अनुसार हाम फालेका सुनिल घाइते भएको र उनको उपचारका लागि घोडाघोडी अस्पताल ल्याउदैँ गर्दा बाटोमै मृत्यु भएको थियो।

शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको पनि उनले बताए।

शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

मृतक शाहीका परिवारले भने मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖