• Monday 19th of October 2026

यि रहेछन् सुधारगृहको छतबाट खसेर मृत्यु भएका सुनिल


  • धनकुटा खबर
  • .

कैलालीको एक सुधारगृहमा युवकको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा राखिएका घोडाघोडी नगरपालिका-२ का २५ वर्षीय सुनील शाहीको मृत्यु भएको हो।

भाग्ने क्रममा बुधबार बिहान साढे ३ बजे सुधारगृहको छतबाट खसेर शाहीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीको दाबी छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्।

छतबाट खसेर घाइते भएका शाहीलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव अहिले घोडाघोडी अस्पतालमा राखिएको छ।

उनका निधार, कम्मर, गर्धन र हातमा चोट लागेको छ। शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लाने तयारी भइरहेको छ।

शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए।

मृतककका परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖