• Monday 19th of October 2026

झापामा एकल महिलाको बीभत्स हत्यापछि लुटपाट


  • धनकुटा खबर
  • .

झापा : झापाको बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको छ ।

मङ्गलवार राति १२ बजेतिर लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेका हुन् ।

रातिको समयमा होहल्ला भएपनि गाउँले उठेर हेर्दा शान्त भएको, तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ । यस घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖