यतिबेला ‘धर्ती माता’ को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर ।
गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस –८ मा रहेको पालुखाको पनाह टोलमा हो ।
उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले बताए ।
