• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बायर्नलाई हराउँदै रियल फाइनलमा


  • धनकुटा खबर
  • .

स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ।

बुधबार राति सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २-१ गोलले हराएसँगै रियलले फाइनलमा स्थान पक्का गरेको हो। यस अघि पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो।

दोस्रो लेगमा जित हात पारेसँगै रियल समग्रमा ४-३ गोलले विजय भयो।
बुधबार घरेलु मैदानमा रियलले खेलको अन्त्यतिर दुई गोल गर्दै रोमाञ्चक जित हात पारेको थियो। खेल सकिन दुई मिनेट बाँकी छँदा जोसेलुले रियलका लागि बराबरी गोल गरेका थिए।

त्यसअघि म्युनिखका डेबिजले कति मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलमा सकेन दुई मिनेट अगाडि खेलमा फर्किएको रियललाई जोसेलुको गोलले राहत मिलेको थियो।

उनै जोसेलुले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियलले रोमाञ्चक जित निकाल्न सफल भयो।

अब उपाधिका लागि रियल र जर्मन क्लब बोरुसिया डर्टमन्डबीच जुन २ मा इंग्ल्याण्डको लन्डनमा खेल हुनेछ।

डर्टमन्डले पिएसजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖