• Monday 19th of October 2026

शनिवारसम्म पानी पर्ने सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौ । मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

आजको तुलनामा भोलि कम पानी पर्ने र पर्सि शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖