• Monday 19th of October 2026

बिर्तामोडमा दुर्गा प्रसाईँका कार्यकर्ताहरुले ऋणिलाई टर्चर दिएको भन्दै दुईवटा बैंकमा तोडफोड


  • धनकुटा खबर
  • .

बिर्तामोड । झापाको बिर्तामोडमा दुर्गा प्रसाईँका कार्यकर्ताहरुले ऋणिलाई टर्चर दिएको भन्दै दुईवटा बैंकमा तोडफोड गरेका छन् ।

प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन् ।

प्रहरीले तोडफोडमा संलग्न ४ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिर्का अन्जेस राई (बुलेट किराँती), बिर्तामोड ३ सैनिकमोडका मनिकुमार तामाङ सहित ४ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन । -स्रोत : बिर्तामोड धटझापा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖