• Monday 19th of October 2026

चट्याङ लागेर एक बालिका घाइते


  • धनकुटा खबर
  • .

धनगढी, २७ वैशाख । दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्। तीन पशु मरेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्। धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ।

यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा चट्याङ परेर एक गोरु र एक भैँसी गरेर दुई पशु मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको पूर्णविरण आउँन बाँकि छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖