• Monday 19th of October 2026

वैंकका गार्ड मारिएको आशंकाः सीसीटीभी फुटेज शंकास्पद, धरानबाट कुकुर ल्याएर सुरु भयो अनुशन्धान


  • धनकुटा खबर
  • .

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित नेपाल वैंक लिमिटेडका सुरक्षा गार्ड ५६ वर्षीय पर्शुराम फुयालको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। प्रेसरका कारण मृत्यु भएको आशंका गरिएका फुयालेका हत्या भएको आशंका वढेको छ।

सप्तकोशी– २ घर भई ८ वर्षदेखि वैंकमा सुरक्षा गार्ड रहेका उनी विहिवार विहान करिव ७ वजे सुतेकै ठाउँमा मृत फेला परेका थिए। शवको वरिपरी रगटका टाटा देखिएका थिए। गार्डको कोठा नखुलेपछि वैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए।
त्यसपछि प्रहरीलाई खवर गरिएको थियो। प्रहरी घट्नास्थल पुगेर बैंकको सीसीटीभी फुटेज हेर्दा राती करिव १२ वजेपछि नकावधारी ब्यक्ति वैंकभित्र पसेको देखिएपछि घट्ना शंकास्पद देखिएको मृतकका आफन्त दुर्गा फुयालले वताए।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालले पनि सीसीटीभी फुटेज र शवको वरीपरी रगतका टाटा देखिएकाले घट्नाको थप अनुशन्धान सुरु गरिएको बताए। कोशी प्रदेश प्रहरी कुकुर शाखा धरानबाट ट्रयाकिङ डग टोली आईसकेको र थप प्रकृया अघि वढेको उनको भनाई छ। घट्ना राती करिव १२ वजे घटेको हुनसक्ने उनको अनुमान छ।
मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖