• Monday 19th of October 2026

पाँच दिनदेखि बेपत्ता युवकको शव कालीगण्डकीमा भेटियो


  • धनकुटा खबर
  • .

पाल्पा । पाँच दिनदेखि बेपत्ता एक युवकको शव रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार फेला परेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव बिहीबार कालीगण्डकी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कालीगण्डकी नदीमा माछा मार्न गएका माझीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार चापाकोटका थापा गत आइतबारदेखि बेपत्ता थापा भएका थिए ।

परिवारसँग सम्पर्कविहीन भएका थापाको आफन्तले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । थापाको शव पोष्टमार्टमका लागि रामपुर अस्पताल पाल्पामा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖