• Monday 5th of October 2026

नेम्वाङको निधनपछि इलाम क्षेत्र नं-२ रिक्त, सभामुखले आज सदनलाई जानकारी गराउने


  • धनकुटा खबर
  • .

काठमाडौं,२९ भदौ । प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । गएको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र खाली भएको हो ।

आज बस्ने संसद्को बैठकमा सभामुख देवराज घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने कार्यसूची संसद सचिवालयले तय गरेको छ । ।

जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि निर्वाचन क्षेत्र इलाम–२ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङको गत मंगलबार ७१ वर्षको उमेरमा निधन भएको थियो उनको हिजो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । भने, हिजाको संघीइ संसद्को दुबै बैठकले शोक प्रस्ताब पारित गरेको थियो ।नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ मा अब उपनिर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖