• Monday 19th of October 2026

यसरी ललितपुरको कोपुन्डोलमा कारको ठक्करबाट भाँचियो बिजुलीको पोल


  • धनकुटा खबर
  • .

ललितपुरको कोपुन्डोलमा कार दुर्घटना भएको छ।

शनिबार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार कोपुन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरी प्रभाग कोपुन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल नै भाँच्चिएको छ।

‘पोल नै भाँचिएको छ, विद्युत् सेवा पनि अवरूद्ध छ,’ उनले भने।
दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।

कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल छन्। उनी प्रहरी प्रभाग कोपन्डोलको नियन्त्रणमा छन्।

त्यहाँका प्रहरी जवान नारद जोशीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार बिजुलीको पोलमा ठोक्किएको हो।
कार दुर्घटनास्थलमै छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖