• Monday 19th of October 2026

रातको समयमा यात्रु ओसार्दै गरेको बोलेरो भीरमा खसेपछि…


  • धनकुटा खबर
  • .

कर्णाली करिडोरमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको हो । बिहीबार राती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाँदै गरेको बोलेरो पचालझरना गाउँपालिका वडा नम्बर–८ को सिजाबगरमा दुर्घटना भएको हो ।

रास्कोट नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ का दिनेश फर्साल चालक रहेको बोेलेरो जीप दुर्घटना हुँदा चालक÷सहचालकसहित १२ जना घाइते भएका हुन् । मानेगडाबाट यात्रु लिएर गएको जीप कर्णाली करिडोरअन्तर्गत पर्ने पचालझरना गाउँपालिकाको सिजाबगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परी घाइते हुनेमा जिल्लाको पलाँता गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २० का जनराज बिक, वर्ष २१ का राजन बिक, वर्ष ६१ का लाल बिक, वर्ष ३० का धनराम बिक, वर्ष २५ का लक्ष्मी बिक, वर्ष २५ का पुष्कर बिक हुनुहुन्छ ।

यसैगरी पलाँता गाउँपालिका वडा नम्बर–२ बस्ने वर्ष ७० का जयमल कामी, वर्ष १८ का पारस कामी र सोही गाउँपालिका ६ मा बस्ने वर्ष ३४ का लालभक्त विक र वर्ष ७० का एैमन बिक जीप दुर्घटनामा घाइते हुनुभएको छ ।

रास्कोट नगरपालिका वडा नं. ६ घर भएका वर्ष २२ का चालक दिनेश फर्साल र सोहीँ ठाउँका वर्ष १८ का सहचालक रमेश फर्शाल पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी पोषण थापाले बताउनुभयो ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले शुक्रबार बिहान सुर्खेत रिफर गरेको छ । जीप सडकबाट ५० मिटर तल भीरमा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖