• Monday 19th of October 2026

धन कमाउन मलेसिया पुगेका डिल बहादुरले यसरी खुट्टा नै गुमाएपछि…


  • धनकुटा खबर
  • .

रोल्पा, २९ बैशाख । रुन्टीगढी गाउँपालिका–८ मगरगोरी घर भएका रोल्पाका डिलबहादुर बाँठा ८ महिनाअघि रोजगारीको शिलशिलामा मलेसियामा जानु भएको थियो । हाल मलेसियामा उहाँले काम गर्ने क्रममा मेसिनमा खुट्टा पर्दा दुई टुक्रा भएको छ । बाँठाको खुट्टा मेसिनमा परेर गुमेको रुन्टीगढि गाउँपालिकाका वडा नम्बर–८ का वडा अध्यक्ष तुलसी पुनमगरले जानकारी दिनुभएको छ ।

घाईते बाँठाको मलेसियामा रहेका साथीहरुको सहयोगमा मलेसियामै उपचार भइरहेको टेक बहादुर रानाले जानकारी दिनु भएको छ । डिल बहादुर बाठा गतवर्ष असोजमा मात्रै रोजगारीको लागि मलेसिया जानुभएको थियोे ।

उहाँको उमेर करिब २१ वर्ष रहेको र डिलबहादुरको घरमा हजुर बुवा, बुवाआमा,भाइ र दुई बहिनी रहेको टेक बहादुर रानाले जानकारी दिनु भएको छ ।

रोजगारीको लागि मलेसियामा गएको करिब केही महिना पछि यस्तो घटना भएको टेक बहादुर रानाले जानकारी दिनु भएको छ । घरमा हजुर बुवा आमा बुवाहरुले छोराको एउटा खुट्टा गुमेपछि परिवार नै चिन्तामा परेका छन् ।

मलेसियामा दैनिकी कमाइ पनि राम्रै भएको र धन पैसा कमाएर आमा बुवाको लागी केहि गरेर देखाउने उहाँको उदेश्य थियो । घरमा बुवाआमालाई बिदेशबाट फर्केर विवाह गर्ने वचन दिएका थिए।-सागर रोका/लाइभदाङ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖