• Monday 19th of October 2026

दिनदहाडै दुई जना महिलाको हत्या, अटो चालक पक्राउ


  • धनकुटा खबर
  • .

दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ।
घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए।

‘बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको छ,’ उनले भने, ‘हत्यामा संलग्न एक व्यक्ति हाम्रो नियन्त्रणमा छन्।’

एसपी केसीका अनुसार दुई जना महिला कोठा भाडा बस्दै आएका थिए। घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको केसीले बताए।
हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले सेतोपाटीलाई बताए।

सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुई जना महिलाको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन्।

उनी पेसाले अटो चालक हुन्। प्रहरीका अनुसार उनी पछिल्लो समय घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका थिए।

दुई महिलाको हत्याको कारण खुलिनसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖