• Monday 19th of October 2026

डस्टबिनमा कण्डम भेटिएपछि स्पा’का सञ्चालक र युवतीसहित ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको छ ।

शनिबार दिउँसो धनगढी उप-महानगरपालिका-४ चौराहामा रहेको सुदूरपश्चिम स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाको टोलीले छापा हानेको तियो ।

सो क्रममा शङ्कास्पद गतिविधिमा संलग्न ४ युवती र १ जना तथा सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युवा-युवती आपत्तिजनक अवस्थामा भेटिएका थिए भने डस्टबिनमा कन्डमहरू फेला पारेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖