• Monday 19th of October 2026

दम्पती मृत फेला, श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका


  • धनकुटा खबर
  • .

सुर्खेत । सल्यानमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा अन्दाजी ३२ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३० वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।

मनोज झुन्डिएको अवस्थामा फेला परेको र कमलाको घाँटीमा धारिलो हतियार प्रयोग गरेको देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

‘श्रीमतीको हत्यापछि झुन्डिएर आत्महत्या गरेको आशंका छ,’ उपरीक्षक कार्कीले भने,’श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिए पनि अहिले सबै भन्न सकिन्न हामी अनुसन्धानमा छौँ ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖