• Monday 19th of October 2026

यी रहेछन् बैंक लुट्न नसकेपछि सुरक्षा गार्डको हत्या गर्ने सुवेदी


  • धनकुटा खबर
  • .

काठमाडौं । सप्तरीको फत्तेपुरमा नेपाल बैंक लुट्न गएका एक जना सुरक्षा गार्डको हत्या गरी चितवन पुगेपछि पक्राउ परेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका– ५ बस्ने ३२ वर्षका चन्द्रबहादुर सुवेदी चितवनबाट पक्राउ परेका हुन् । उनलाई सप्तरी लगिएको छ ।

उनले आफ्नै नगरपालिका वडा नम्बर २ का परशुराम फुयाँलको हत्या गरेको प्रहरीले जनाएको छ ।

सप्तकोशी नगरपालिका– १, फत्तेपुरमा रहेको नेपाल बैंकका शाखामा लुटपाट गर्ने उद्देश्यले गत शुक्रबार मध्यराति पुगेका थिए । सुवेदीले तीन घण्टासम्म प्रयास गर्दा पनि नसकेपछि धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या गरेर भागेका थिए ।

दुई दिनपछि आइतबार प्रहरीले चितवनको राप्ति नगरापालिका–१ लोथरबाट पक्राउ गरेको सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖