• Monday 19th of October 2026

सुरक्षागार्डको हत्या गरि बैंक लुट्न खोज्ने सशस्त्रका पूर्वजवान


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल बैंक लिमिटेड शाखा कार्यालयका ५५ वर्षीय सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या गर्ने व्यक्ति पक्राउ परेको छ ।

शनिबार राति मकवानपुरको लोथरबाट आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो प्रहरीले हत्यारालाई सार्वजनिकसमेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सप्तकोशी नगरपालिकाकै वडा नं. ५ बस्ने ३२ वर्षीय चन्द्रबहादुर सुवेदी छन् । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी न्यौपानेका अनुसार सुवेदी सशस्त्र प्रहरीका भूतपूर्व जवान हुन् । उनले ९ वर्षसम्म सशस्त्र जागिर गरेपछि १६ महिनाअघि मात्रै राजीनामा दिएका थिए ।

‘डीएसपी न्यौपानेले उनी पेशेबर लुटेरा नभएको, आर्थिक अवस्था कमजोर भएको र ऋणको कारण लुटपाटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ बताए ।

विहिबार सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा को रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका ५५ वर्षीय सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको थियो । फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

डीएसपी न्यौपानेका अनुसार सुवेदी बिहीबार बिहान साढे ३ बजेतिर बैंकमा प्रवेश गरेका थिए । उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरे । उनले बैंकको एउटा ताला फुटाउन सके पनि अर्को ताला फुटाउन नसकेपछि गार्डको कोठामा पुगेका थिए । त्यहाँ चाबि लिन थाल्दा गार्डसँग झडप भएको थियो । त्यही क्रममा उनले गार्डको हत्या गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गरेको छ । यस्तै, सुवेदीले घटनाको समयमा बोकेको झोला, घटनाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल, घटनामा प्रयोग भएको हेक्सो बलेड, रेन्चु, पिलास, डोरी र रड, वरदात स्थलमा प्रयोग गरेको काठ पनि बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖